२०६९-०६-१२
फिल्मी अपडेट्,काठ्माण्डौ
फेरी पनि त्यही घटना सानो बाजार ठुलो हमला नेपालि चलचित्र बजारमा ।
आज शुक्रबारबाट तिन नेपाली चलचित्र 'नजरको फुल' 'तडप' र 'खोज' सार्वजनिक प्रदर्शनमा आएकाछन् ।
"खोज"
यस चलचित्र "खोज" लाई निर्माता लक्ष्मी प्र ढकालले निर्माण गरेका हुन भने चलचित्र "खोज" लाई किशोर ढकालले निर्देशन गरेका हुन । विराज भट्ट, सुमन सिंह, मौसमी मल्ल, कल्पना शाही, दीपशिखा शाही, रवि बस्नेत, विजय देउजा, दिनेश लामा आदि मुख्य भूमिका रहेको छ भने संगित बसन्त सापकोटा र द्धोन्द रोसन श्रेष्ठले दिएका छन् ।निर्माता लक्ष्मी प्र ढकालका अनुशार चलचित्रमा कमेडी, सस्पेन्स, एक्सनलगायत मसलाहरु चलचित्रमा समेटीयका छन् । चलचित्र "खोज" देश भर एकसाथ प्रदर्शन,आ आएको हो ।

"नजरको फुल"
एक्सन , सस्पेन्स ,लब स्टोरी ,कमेडी लाई प्रथामिकता साथ प्रस्तुत गरिएको चलचित्र "नजरको फुल" दानियाल फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको हो ।दर्शकलाई भरपुर मनोरज्जन गराउने उदेश्यय्दस्ये चलचित्रको निर्माण गरेको पक्षको दाबि छ ।
दानियाल तामाङ ,सुष्मा भारती, रञ्जना खड्का, प्रमिश गुरुङ लगायतका कलाकारहरुले मुख्य भुमिकामा अभिनय गरेको यस चलचित्रलाई रक्चा तामाङले निर्माण गरेका हुन् ।चलचित्रमा देब महर्जनको द्धोन्द ,सुरेस चौधरीको नृत्य रहेको छ । यस चलचित्रका निर्देशक बिस्व भण्डारी हुन् ।

"तडप"
निर्माता जिबन थापाले निर्माण गरेको चलचित्र "तड़प" आजबाट प्रदर्शनमा आएको छ । माता कृष्णमाया स्मृती फिल्मस्को ब्यानरमा "तडप" निर्माण भएको हो । राजेश हमाल ,झरना थापा ,दिलीप रायमाझी पनाह अधिकारी ,रबि गिरी ,मोहन मिश्र ,जिबन थापा आदिले मुख्य भुमिका निर्बाह गरेको चलचित्रको लेखन पनाह अधिकारी ,संगित जन्मा राई र सुनिल बीर श्रेष्ठको रहेको छ ।
देब महर्जनको द्धोन्द रहेका यस चलचित्रलाई देबेन्द्र गिरी हुरहुरदले छायांकन गरेका हुन् । चेलीबेटी बेचबिखनमा राजनैतिक नेताले पुर्याउने प्रसय चलचित्रको बिषय बनाइएको छ ।चलचित्रका निर्देशक राज बस्न्यात रहेका छन् ।


0 comments:
Post a Comment