123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:36 AM
0

२०६९-०५-१७ आइतबार  रबि अधिकारी 
वास्तविक धरातलमा रहेर देश र जनताको लागि सन्देशमुलक चलचित्र बनाउने निर्देशक  तथा जनयुद्ध र किसान जस्ता चलचित्र निर्देशन गरेका निर्देशक विमल पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र "नागरिक "को रेड स्टुडियोमा धमाधम सम्पादन कार्य भईरहेको छ । बुद्धि लामिछानेको सम्पादन रहेको चलचित्र नागरिकको ५५% सम्पादन पुरा भएको निर्देशक पौडेलले जानकारी दिनुभयो अबको एक हप्तामा चलचित्रको डबिङ्ग शुरु गरिने जानकारी पनि गराउनु भयो । मंसिर ३ गते हंङकङबाट आफ्नो प्रथम प्रदर्शन शुरु गरी अन्य देशमा प्रदर्शन गर्नुका साथै चलचित्र नागरिक भने नेपालमा माघ फागुनमा प्रदर्शन गर्न कुरको जानकारी निर्माता युवनराज भण्डारीले जानकारी दिनुभयो । विश्व वसन्ते, अनु शाह, राहुल के.सी, सरिता गिरी, गणेश उप्रेती, पुष्प आर्चाय, रमेश बुढाथोकी, सफलता खनाल, रवि अधिकारी आदिको अभिनय रहेको चलचित्र नागरिकमा राष्ट्रियताको विषयमा अहिलेको अवस्थामा हाम्रा नेताहरुबाट देशको विकास हुन नसकेको अवस्थामा अब हरेक नागरिक नै यो देशको सच्चा मालिक भएको र अब नागरिक नै अगाडि बढ्नु पर्छ भन्ने राष्ट्रिय भावनाले अभिप्रेरित भएको चलचित्र नागरिकमा युवन राज भण्डारी र सास्वत दुलाल मिलेर निर्माण गरेका हुन भने लक्ष्मण शेषको संगीत राजु थापको छायांकन रोशन श्रेष्ठको द्धन्द पुष्प आर्चायको गीत रहेको छ । निर्देशक विमल पौडेलको चलचित्र किसान पनि अब मंसीर पुसमा प्रदर्शनमा आउने भएको छ ।

0 comments: