२०६९-०५-१७ आइतबार रबि अधिकारी
सामाजिक संजाल फेसबुकमा आधारित नेपाली चलचित्र फेसबुक यही भाद्र २२ गतेबाट अल नेपाल रिलीज हुनुको साथै नारायणगढको इन्द्रदेव चलचित्र मन्दिरमा पनि प्रदर्शन हुँदैछ । धर्म संकट, गोर्खाली, ए मेरो हजुर, तकदिर जस्ता सफल चलचित्र निर्माण गरेको नायिका झरना थापा र सुनिल कुमार थापा मिलेर बनाएको चलचित्र फेसबुक समाजमा फेसबुक मार्फत के कस्ता घटना घटेका छन् र फेसबुकले गर्दा सामाजिक जिवनमा कस्तो सम्म घटना आईपर्छ भनेर वास्ताविक देखाउन खोजिएको छ ।अहिलेका सफल र व्यस्त निर्देशक सुरज सुब्बा नम्वाको निर्देशनमा तयार पारिएको चलचित्र फेसबुकमा संगीत सुनिल वर्देवा, द्धन्द रोशन श्रेष्ठ छायाकंन संजय लामा, सम्पादन वनिश शाहको रहेको छ । झरना थापा, स्वतन्त्र प्रताप शाह, राजेश हमाल, सुनिल थपा, सुवास थापा, विल्सन विजमरा सुमन गैर आदिको
अभिनय रहेको चलचित्र फेसबुक यस अघि कोरीया र अष्ट्रेलियामा सफलताका साथ प्रदर्शन गरिएको छ । सिंगापुरको समेत सुटिङ्ग गरिएको चलचित्र रिलिजको मिति नजिक आउँदा झरना थापा र सुनिल कुमार थापाले चलचित्र फेसबुकलाई फेसबुक मार्फत नै व्यापक प्रचार प्रसार गरिएको छ । हरेक दिन चलचित्र प्रदर्शन हुन यति दिन बाँकी भन्दै फेसबुकबाट प्रचार गरिएको चलचित्र फेसबुक राम्रो चल्नेमा नायिका झरना थापा विश्वस्त हुनुहुन्छ ।
0 comments:
Post a Comment