२०६९-०५-२३
प्रणप सुबेदी
नेपाली चलचित्र बजारमा नायक बिराज भट्ट को चलचित्रले सधै तहल्का नै मचाउने गरेकोछ । गत भाद्र २२ गते प्रदर्शनमा आएको चलचित्र "सिन्दुर्" ले पनि रार्मै ब्यापार गारिरहेको छ । र यिनै याक्सन नायक बिराज भाट्टको अर्को चलचित्र "हिम्मत २" अब कतार मा भब्य प्रदर्शन हुने भएको छ ।
यसअघी ब्यबसायिक रुपमा उपत्यका बाहिरका हलहरुमा सुपरहिट मानिएको चलचित्र "हिम्मत २" अब भने छिट्टै काठमाण्डौ उपत्यकामा साथै दुबई र कतारमा पनि रिलिज हुने भएको छ ।र चलचित्र "हिम्मत २" लिएर सफल निर्देशक निर्देशक दिपक श्रेष्ठ असोज को पहिलो साता कतार प्रस्थान गर्ने भएका छन । हिन्दू हरुको महान चाड बडादशैंको पावन उपलक्ष्यमा त्यहाँ रहेका नेपाली दाजु भाई तथा दिदी बहिनीहरु जो नेपाली चलचित्रलाई माँया गर्नुहुन्छ वाँहाहरुको लागी लिएर जाँदैछु" प्रस्तुतकर्ता दीपक श्रेष्ठ ।
पुन उनि भन्छन
"र सो अबशरमा म आफ्नो अर्को चलचित्र " क्रीमिनल " को सुटिङ पनि गर्नेछु । एउटा सफल चलचित्र लिएर जाँदैछु आशा छ तपाईं दर्शकहरुले माँया गर्दिनुहुन्छ ।"नेपालि र भोजपुरी फिल्मका सुपरस्टार बिराज भट्टको सानदार भूमिका हेर्न पाइने "हिम्मत २" मा बिराज भट्टलाई नायिका युना उप्रेतीले साथ दिएकी छिन | पन्चकन्या पिक्चारस को ब्यानरमा बनेको यस चलचित्र काठमाण्डौ मा भने अब चाडै प्रदर्शनमा आउने भएको छ ।
LIKE IT ON Facebook !!!
0 comments:
Post a Comment