123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:02 PM
0

२०६९-०६-०६
रबी अधिकारि,चितवन शहकर्मी

अहिलेको अवस्थामा नेपाली चलचित्र नचल्न्नुको  कारण के होला ?


नरेश पौडेल: निर्माता /चलचित्र निर्दसक 
"चाहिने भन्दा बढी  चलचित्र  बन्नु ,कसैको काम भएन भने नेपाली चलचित्र बनाउने सोँच गर्नु,अनि चलचित्र बनाउन म्:म  पसल  खोलेको भन्दा पनि बढी सजिलो मान्ने केहि जमातले गर्दा जस्तो पायो तेस्तो चलचित्र बनेर फिल्म नचलेको हो अहिलेको अवस्थामा ।" 

बिमल पौडेल: चलचित्र  लेखक/निर्देशक 
"पहिलो कुरा हाम्रो चलचित्र बजार भन्दा धेरै चलचित्र  निर्माण हूनु,अनि जसले पनि चलचित्र बनाउन पाउनु पर्छ तर राज्यको एउटा नियम भित्र  रहेर चलचित्र  बनाउन दिनु पर्छ ,अर्को कुरा हाम्रो आफनै कथा बेथा मा  चलचित्र  बन्नु पर्छ येसरी अनाबसके  चलचित्र   बनाउनु हुदैन   जति  चलचित्र हाम्रो बजारमा आबसके छ तेही बनाउदा  चलचित्र  चल्न सक्छ याँहा हरेक हप्ता  ४,५  चलचित्र  चलाउँदा फिल्म हेर्ने दर्सकलाई पनि कुन  चलचित्र हेर्ने भने दोधार हुन्छ अनि राम्रो  चलचित्र  बनाउन नसक्नु पनि हो ।" 



शिवम् अधिकारी: चलचित्र  लेखक 
"धेरै  चलचित्र निर्माण हूनु अनि जस्तो  चलचित्र  पनि एउटा हलमा चलाउने  गर्नुपर्ने , चलचित्र को ग्रेड  नम्बर छुटाउन सक्नु  अनि अस्लिल  चलचित्र बनाउन बन्द गर्नु पर्छ ।" 








मुक्ति लाल पिया: हल संचालक 
"कथा बस्तु  समय सान्दर्भिक नहूनु चलचित्रका नाम बिदेसी राख्नु अनि अनुभबी निर्देशक नहुने अनि हचुवाको भरमा  चलचित्र बनाउँदा   चलचित्र  नचलेका हुन् ।" 
दिनेश कार्की:  चलचित्र निर्दसक  / कलाकार
"समय अनुसारको चलचित्र नबन्नु जस्तो पायो तेस्तो चलचित्र बनाएर दर्शक झुक्काएर अनि जे पायो तेही चलचित्र बनाएर नेपाली  चलचित्र  नचलेको हो।" 








बाबुराम ढकाल: चलचित्र.निर्दसक 
"चलचित्र  हाम्रो बजारलाई चाहिने भन्दा बढी  बनेर।"  

श्याम भटराई,,,चलचित्र निर्दसक/ निर्माता 
"राम्रो चलचित्र नबनाउनाले जसले पनि जस्तो पनि चलचित्र बनाउदा यस्तै  हुन्छ ।"  

बिष्णु प्रसाद कडेल: चलचित्र दर्शक 
"नेपाली चलचित्र हिन्दि  चलचित्रमा भरपर्नु ,नेपाली दर्शकहरुको  चाहना अनुसारको फिल्म नबन्नु ।"  

 मदन शाक्य: हल संचालक 
"एक्कै दिनमा धेरै चलचित्र रिलिजले गर्दा दर्शक  कन्फ्युज भएर नेपाली चलचित्र नचलेको हो।"  


बिजय पौडेल: चलचित्र दर्शक 
"अहिलेको नेपाली सिने संसार राम्रो तिर होइन बिकृति तिर लम्कदैछ  राम्रो संदेश होइन नराम्रो सन्देस दिदैछ ,अश्लील  चलचित्रहरु धमाधम बन्दै छन्  /अनि नयाँ  कलाकारहरुको परिवेश  जस्मा कलाकारमा हुने कुनै योगग्यत्ता नहुनाले ।" 

सत्य राज चौलागाई: सहायक  निर्दसक 
"सबै भन्दा पहिला सम्पूर्ण चलचित्रकर्मी एक हूनुपर्छ एउटाले राम्रो कामगर्न खोजे अर्कोले खुटा तान्नु हुदैन सबैजना मिलेर कसरि यो फिल्म उद्दोगलाई  कसरि माथि उठाउने  भनेर सोच्नुपर्छ अनि एकै हप्तामा  ४,५ ओटा चलचित्र चलाउन रोक्नु पर्छ अनि राम्रा राम्रा  चलचित्र बनाउनुपर्छ नत्र  येही अबस्तामा नेपाली चलचित्र चल्दैन र चलेको पनि छैन ।" 

ऋषि न्यौपाने: चलचित्र.निर्दसक 
"अनाबस्क चलचित्र निर्माण हूनु हरेक हप्ता ४,५ वटा चलचित्र चलाउनु अनि फिल्मको ग्रेड निर्धारण नहूनु जस्तो चलचित्र पनि एउटी  चलचित्र हलमा चलाल्नु कम रोक्नु  पर्छ अनि मात्रै दर्सक्ले कुन कस्तो चलचित्र हो थाहा हुन्छ र चलचित्र हेर्छन अनि मात्र नेपाली चलचित्र   चल्छ।" 

सुजन अधिकारी: चलचित्र दर्शक 
"राम्रो कथा पटकथा नहुनु अनि कलाकारको संवाद तेती राम्रो नहूनु अनि युवा दर्शक  बिदेशिनुले गर्दा ।" 


आगमन बरकोती: दरसक 
"पुरानो धारको चलचित्र बढी बन्नु अनि अस्लिलता बढ्दै जानु अनि चलचित्र अनुसारको कलाकार छनौट नहूनुले  ।"  

लक्ष्मन् शेष: चलचित्र संगीतकार 
"नेपाली  चलचित्र  बिकृति मुलक कथा बस्तु तिर केन्दित हुदै जानु प्रस्तुतिकोको हिसाबले चलचित्र कम्जोर हुदै जानु राम्रो बिदेशी
चलचित्रको स्तर सँग टिकन नसक्नु नेपाली सिनेकर्मी चलचित्र प्रति गम्भीर नहूनु ,अनि नेपाली चलचित्र  नियमित हेर्ने दर्शक विदेसेनुअनि  नया दर्शक र फरक बर्गलाई नेपाली चलचित्र राम्रो बन्छ भनेर हल  सम्म आउने बाताबरण सिर्जना गर्न नसक्नुले ।"  

अप्सरा समाल:पत्रकार 
"समय र  दर्शकको माग अनुसारको चलचित्र बन्न नसक्नु अनि हचुवाको भरमा चलचित्र बनाउने अनि राम्रो चलचित्र भनेर हेर्न गयो नराम्रो चलचित्र हुने अनि सबै चलचित्र  स्तै होला भनेर  दर्शक चलचित्र हेर्न नजनाले नचलेको हो ।"  

,सुष्मा नेपाली:चलचित्र दर्शक 
"नेपाली सस्कृति  झल्कने फिल्म नबन्नु, अनि हिन्दि फिल्मको कपी गरेर फिल्म बनाउदा नचलेको हो।"  

दिवाकर भट्टराई: चलचित्र दर्शक 
"नेपाली चलचित्रमा अंग प्रदर्सन र बिदेशी चलचित्रको प्रभाव बढेर हो कि ।"  

रमेश प्रधान; रेडियो प्राबिधिक  
"अस्लिलता,नेपाली चलचित्र छेत्रमा नाम को कमी हिन्दी फिल्म बाट कपी पेस्ट अरुको सिको र नया-नया कलाकारहरुको बड्दो आगमन र हप्ता-हप्ता मा ३-४ वटा चलचीत्र एकै चोटी रीलिज हुनु आदी इत्यादी साथै पारिवारिक,सामजिक धारको चलचीत्र निर्माण नहुनु आदी इत्यादी  नै नेपाली  चलचित्र  नचल्नुको कारण हो।"  

प्रदिप  निरौला: सन्चारकर्मी 
"चलचित्र एउटा बिचारको प्रस्तुति हो तर आजको चलचित्रमा अनुहार लड्न खोजिन्छ अनि  दर्शकको चाहना अनुसारको चलचित्र निर्दसकले बनाउन नसक्नु अनि सधै उही  कलाकार लिएर चलचित्र बनाउने परम्पराले ।"  

राजु के सी ..चलचित्र छायंकर 
"बिदेशी चलचित्रका दलालले नेपालमा नेपाली भन्दा बिदेशी फिल्मलाई बढी हाबी गराउनु  अनि राज्य बाट चलचित्र नीति नियमन नबन्नाले ।"  

0 comments: