२०६९-०६-११
फिल्मी अपडेट्,काठ्माण्डौ
बलिवुड नायक अक्षय कुमार र उनको पत्नी ट्वींकल खन्नालाई पुत्री लाभ भएको छ ।

मंगलबार बिहान ट्वींकलले आफ्नो दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । अक्षय र ट्वींकलको एक छोरा पनि छ । घरमा नयाँ सदस्यको आगमनसागै सेप्टेम्बरमा जन्मदिन भएका सदस्यहरुको संख्या अब तीन पुगेको छ । अक्षयको जन्मदिन सेप्टेम्बरमा ९ मा पर्छ भने उनको छोरा आरभको जन्मदिन सेप्टेम्बर १५ मा पर्छ । “मेरो प्यारी छोरी उनकी आमा र हजुरआमा जस्तै छिन्, मसँग अहिले खुसी बयान गर्ने कुनै पनि शब्द छैन । हामीलाई शुभकामना र आशिर्वाद दिने सबैलाई धन्यबाद दिन चहान्छु,” अक्षयले बताए ।
0 comments:
Post a Comment