२०६९-०६-१४
फिल्मी अपडेट्,काठ्माण्डौ
केही दिन अघि माओवादीले सरकारलाई बुझाएको ७०बुँदे ? ज्ञापनपत्रमा हिन्दी र अंग्रेजी चलचित्र तथा पत्रपत्रिकालाई नेपालमा रोक लगाउनु पर्ने माग राखेको थियो । तर
नेकपा माओवादीको विरोधका कारण आज देखि नेपालमा हिन्दी र अंग्रेजी चलचित्र लाग्ने भएको छ । सरकारले आफ्नो माग प्रति वेवास्ता देखाएको भन्दै आज देखि बिदेशी चलचित्र नचलाउन विदेशी चलचित्रको प्रदर्शनमा रोक लगाउने चेतावनी माओवादीले वितरक र हलवालाहरुलाई दिएको छ ? ।
क्यूएफएक्सले पनि हलहरुमा आज देखि अक्टोबर ५ सम्मका लागी हल सञ्चालनमा नल्याउने सूचना जारी गरेको छ ।
यस्तै चेतावनीकै कारण आज देखि हिन्दी र अंग्रेजी चलचित्र प्रदर्शन नगर्ने निर्णयमा वितरक तथा हलवालाहरु पनि पुगेका छन् ।
यद्दपी हिजो नेपाल चलचित्र संघ र माओवादीका केहि नेताहरु बीच वार्ता पनि सम्पन्न भ्एको थियो ।
दुई महिनासम्म विदेशी सिनेमा प्रदर्शनमा रोक लगाउनु पर्ने माग वार्तामा उपस्ति माओबादीका नेताहरुको थियो। तर संघले भने यस्तो आग्रह प्रति आपत्ति प्रकट गर्दै ५ दिनसम्म विदेशी चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ ।
अझ यस बारे आज दिउशो प्रेस मिट गरेर विस्तृत जानकारी दिने चलचित्र संघका महासचिव प्रदिप उदयले बताएका छन् ।
0 comments:
Post a Comment