२०६९-०५-२५
प्रणप सुबेदी
सबैले अनेकौ बाहाना गर्छन चलचित्र को प्रमोसन को लागी एस्तै स्टन्ट गर्ने क्रममा चलचित्र को निर्माण टिमले अनेकौ बाहाना खोज्छन । प्रमोसन स्टन्ट त गर्छन सबैले आफ्नै तरिकाले तर आज राजधानी मा चलचित्र ‘ब्ल्याक मेल’ ले आफ्नो प्रेस मीट तथा अडियो लन्चको कार्यक्रम सम्पन्न गर्यो आफ्नै तरिका ले।
राजाधानिको अनामनगर स्थित एउटा सभा हलामा सम्पन्न भएको उक्त प्रेस मीटमा नायक जिवन लुइटेलले आफ्नो ३१ औ जन्म दिनको केक पनि काटे र साथ साथै नायक जिवन लुइटेलले आफ्नो पर्सनल वेबसाइट को पनि आउपचारिक शुभआरम्भ गरे {http://www.jiwanluitel.com/ }। अब फेरी अर्को कुरा यही प्रेस मिटकै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर यादव चलचित्र ‘ब्ल्याक मेल’ को सो कार्यक्रमा प्रमुख अतिथीको रुपमा उपस्थित भएका थिए । ढिलो गरी सुरु भएको उक्त प्रेस मिटमा चलचित्र ‘ब्ल्याक मेल’ का अर्का नायक सुमन सिङ र नायिका स्वेता भट्टराई भने उक्त कार्यक्रममा अनुपस्थित हुंदा निर्देशक मधू सुधन भट्टराई र निर्माता सरद अधिकारिको अनुहार भने हेर्न लाएकको नै थियो । "आफ्नो चलचित्र को टिम बाट एस्तो असहयोग मैले आश नै गरेको थिइन" निर्माता सरद अधिकारिले फिल्मी अपडेट सँग भने ।आयोजित कार्यक्रममा चलचित्र ‘ब्ल्याक मेल’ को औडियो पनि लन्च गरियो चलचित्र ‘ब्ल्याक मेल’ का निर्देशक , निर्माता र निर्माता संघ का अद्क्ष्य राज कुमार राई अनि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर यादवले सयुक्त रुपमा अडियो लन्च गरेका थिए भने नायक जिवन लुइँटेलले आफ्नो ३१ औं जन्म दिनको केक काटेका थिए ।
भदौ २९ गतेबाट रिलीजमा आउन लागेको यो चलचित्र ‘ब्ल्याक मेल’ले आफ्नो प्रमोसन को सुरुवात भने धेरै पहिला देखी नै गर्दै आएको हो । आगामी भदौ २९ गते चलचित्र ‘ब्ल्याक मेल’ संगै चलचित्र 'बडिगार्ड' पनि प्रदर्शन मा आउने भएको छ ।

0 comments:
Post a Comment