123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

7:29 PM
0


२०६९-०६-०१
प्रणप सुबेदि,काठ्माण्डौ




आज असोज १ गते "रास्ट्रीए चलचित्र दिवस" । गत  बर्ष देखी  रास्ट्रीए रुपमानै चलचित्र दिवस मनाईने  घोशणा गरिएको थियो ।
नेपाल सरकारले असोज १ गते लाइ  "रास्ट्रीए चलचित्र दिवस" भनेर घोषणा गरेको आज १ वर्ष भयो । गत वर्ष आजको दिन भब्य रुपमा कार्यक्रम गरेर  "रास्ट्रीए चलचित्र दिवस" असोज १ गते भन्ने  कुराको औपचारिक घोषणा गरेको थियो ।

 र  आज ठिक १ वर्ष भयो तर आज त्यस्तो बिशेष केहि पनि कार्यक्रम गरिएन फिल्मी अपडेटले कोहि चलचित्रकर्मीले गर्लान .कोहि चलचित्र संग सरोकार राख्ने निकाएले गर्लान कि भनेर अडकल गरिरहेको थियो तर हाम्रो अड्कल फेल भयो कोसैले गरेनन आज "रास्ट्रीए चलचित्र दिवस" को कुनै पनि कार्यक्रम  । गत वर्ष  चलचित्र बिकाश बोर्डका तत्कालिन अद्क्ष्य गणेश भण्डारीले भब्यताका साथ् चलचित्र दिवस सम्पन्न गरेका थिए तर अहिले बोर्डका तत्कालिन अद्क्ष्य गणेश भण्डारीले राजिनामा दिए लगत्तै  टुहुरो बनेको बिकाश बोर्डले त्यस्तो खासै केहि गर्ने योजना गरेन तर "रास्ट्रीए चलचित्र दिवस" मनाउने कार्यक्रम चलचित्र बिकाश बोर्डको मात्र हैन चलचित्र सँग  सरोकार राख्ने सबै  संघ सँस्था र चलचित्रकर्मीहरुको हो तर कसैले वास्ता गरेनन । अद्क्ष्य पद रिक्त भएपनि अन्यले पनि को कार्यक्रम गर्नुपर्ने हो तर गरेनन दु :ख को कुरा हो ।

नेपालि चलचित्र र चलचत्रकर्मिको हितको लागि भनेर गठन भएको विभिन्न संघ सँस्था जस्तै .चलचित्र कलाकार संघ .चलचित्र निर्माता संघ ,चलचित्र प्राबिधिक संघ,चलचित्र निर्देशक समाज ,र अन्य थुप्रै  संघ सँस्था  जो चलचित्र सँग सरोकार राख्ने गरेकाछन ति निकाएहरुले भने "रास्ट्रीए चलचित्र दिवस" को कुनै पनि कार्यक्रमको आयोजना गर्नु पर्ने हो ।

हामिले चलचित्र सँग सरोकार राख्ने बिभिन्न ब्यक्त्तीहरुसँग बुझ्दा सबैको मिश्रीत जबाफ आयो ।

मोफसलामा रहेर नेपाली चलचित्र क्षेत्रलाई केहि दिने कोसिस गरिरहेका  निर्देशक मनिश पन्त सँग हामिले आज के बिसेश दिन हो ? भनेर सोध्दा उनले आज दर खाने दिन हो भने र फेरी भने आज बिस्वोकर्मा पुजा हो  र हामिले उनलाई फेरी सोच्न जोड दिएर सोध्योउ तर पनि उनले भन्न सकेनन र हामिले आज चलचित्र सँग सरोकार राख्ने दिनहो भन्दा उनले भने आज  "रास्ट्रीए चलचित्र दिवस"  हो भनेर  ।
दु:ख लाग्यो हामिलाई सुन्दा । र हामिले उनलाई फेरी आज कसैले पनि "रास्ट्रीए चलचित्र दिवस" को लागि भनेर केहि कार्यक्रम गरेन नि भन्दा उनले भने "हेर्नुश हामि भनेको मोफसलमा बसेर काम गर्दैछौ हामि भन्दा माथि धेरै तेस्ता निकाए छन् जस्ले  गर्नु पर्ने हो यदि हामी सँग सरोकार लाग्ने निकाए कसैले गरेको भएमा पक्कै पनि सहभागी हुन्थे , तर  कसैले  गरेनन दु:ख त मलाई पनि
लागेकोछ   ।

यसै प्रसँगमा हामिले निर्माता सन्देश श्रेष्ठ सँग बुझ्ने  कोसिस गर्दा उनले "NO INTERVIEW  PLZ   भनेर म्यासेज रिप्लाई गरे ।


पुन हामी टेलिफोनमा कुनै चलचित्रकर्मी संग सम्पर्क गर्ने कोसिसामा जुट्योउ र फोन लगायोउ चलचित्र निर्देशक समाजमा ,चलचित्र निर्देशक समाजका कुनै पनि एक पदमा लिप्त सदस्य सँग सम्पर्क  गर्नु जरुरि थियो र हामी सफल भयोउ र सम्पर्कमा आए निर्देशक यम यस अग्रज र हामिले उनलाई सोध्योउ त्यहि प्रश्न आज के बिशेस दिनहो तपाईलाई थाहा छ ? भनेर  र उनले भने आज धार्मिक हिशाबले भन्ने हो भने आज दर खाने दिन र बिस्वोकर्मा पुजा हो र अर्को ठुलो चाड  नेपाली चलचित्रकर्मी र चलचित्र प्रेमीहरुको लागी आज  "रास्ट्रीए चलचित्र दिवस"  हो उनले भने ।

हामीले पुन सोध्यौ आज निर्देशक समाजले कुनै त्यस्तो कार्यक्रम गर्‍योकी गरेन ? भनेर र उनले भने "हामिले आज कुनै पनि "रास्ट्रीए चलचित्र दिवस" बिशेस कुनै कार्यक्रम गरेनौ किनकी हामी आगामि असोज १९ देखि २३ गते सम्म 3rd National film workshop को काममा नै ब्यस्त छौं तेसैले हामिले केहि कार्यक्रम गर्न सकेनौ । तर हामि निर्देशक समजले नगरेपनी  अन्य सङ संस्थाले भने गर्नुपर्ने हो तर गरेन दु:ख लाग्यो ।
गलती कसको छ टुहुरो बनेको चलचित्र बिकाश बोर्डको हो ? भनेर हामीले प्रस्न गर्दा उनले यसो भने " बिकाश बोर्ड को पनि हो र समग्र चलचित्रकर्मिको पनि हो  ।  हामि सधै अरुको भर हैन आफ्नो भरमा अरुलाई पार्न सफल हुनुपर्छा उनले भने  ।  चलचित्र बिकाश बोर्डले नगरे अन्य सस्थाले गर्नुपर्ने हो जो चलचित्र  सँग प्रतक्ष्य सरोकार सस्थाले गर्नु पर्ने हो , मेरो बिचारमा म र मा जस्ता चलचित्रकर्मीहरुको नै हो ।

हामिले यही प्रश्न सोध्योउ नायक राज तिमील्सिना सँग आज के बिशेश दिनहो भनेर ? र उनले एकै पटकमा भने आज "रास्ट्रीए चलचित्र दिवस"  हो ।

हामिले धेरै चलचित्राकर्मिहरु सँग सोधेका थियोउ आज के बिशेस हो चलचित्रकर्मिहरुको  भनेर । हामी दु:ख साथ भन्छौ धेरै चलचित्रकर्मिहरुलाई थाहा रहेनछ ।

अन्त्यमा  "रास्ट्रीए चलचित्र दिवस" भनेर असोज १ गते लाई मनाउने भनेर घोशणा गरिसकेका छौ यसलाई निरन्तर्ता दिउँ यो चलचित्रकर्मीहरुको लागी पनि राम्रो हो र चलचित्र प्रेमीहरुको लागी पनि ।
अनिमात्र केहि बिकाश हुन्छ नेपालि रजतपट  ।




0 comments: