123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:41 AM
0
२०६९-०५-२७ बुधबार / राज सुबेदी
गत शुक्रबार बाट शुभ साईत गरि सुटिङ सुरु भएको चलचित्र ‘मिसन फर् ट्वान्टी’को आज सुटिङ केहि ठिला हुने भएको छ । आज चाडै नै सुटिङ गर्ने सोचाईमा रहे पनि पेट्रोलियम पदार्थको मूल्य बृदिको बिरोध गर्दै आठ विद्याथी संगठनले  गरेको बन्दले गर्दा  सुटिङ ठिला हुन गएको हो । विद्याथी संगठनले  गरेको बन्दले गर्दा मिसनमा नै अर्को पेट्रोलियम पदार्थको मूल्य बृदि बिरोध मिसनको प्रभाब  परेको हो । आज भिर्कुटी मंणडपमा फार्इट सुट गर्ने ‘मिसन फर् ट्वान्टी’ का नायक निर्मल सेन्चुरीले हामीलाई जानकारी गराए । आज १२ बजे सम्म बन्द हुने भएकोले  ‘मिसन फर् ट्वान्टी’ को सुटिङ १२ बजे पछि मात्र सुरु हुने सेन्चुरीले बताउछन् ।

सुमन सिंह, निर्मल सेन्चुरी, महिमा सिलवाल लगायतले अभिनय गरी रहेको चलचित्रलाई निर्देशक दाहाल सहित कुमार विष्ट, मन्दिल श्रेष्ठले संयुक्त रुपमा लगानी गरेका हुन्  । नायक निर्मल सेन्चुरीले यस चलचित्रमा आफ्नो कयारेक्टर  लभर व्वाइको रहेको बताएका छन्  । आफ्नो अघिल्लो फिल्म लाई जसरि दर्शकले मन पराउनु भएको थियो यो  फिल्म पनि आफ्नो रोललाई दर्सकले रुचाउनेमा यी नायक ढुक्क छन् ।

यस फिल्मबाट डेव्यू गरेकी नायिका कृष्टि पौडेल नवनायिका को रुपमा देखा पर्दै छिन् ।  ४५ लाख नजिकको लगानी भनिएको चलचित्र ‘मिसन फर् ट्वान्टी’ को छायाँकन धमाधम भैरहेको छ । ओम प्रतिकको कथा एवम् तारा प्रकाश लिम्बुको संगीत रहने चलचित्रलाई श्याम रायमाझीले खिच्दैछन् । त्यस्तै चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन रहने छ ।

0 comments: