२०६९-०५-२५
प्रणप सुबेदी
यहि भाद्र २९ गतेबाट रिलिज मा आउन लागेको चलचित्र 'ब्ल्याक मेल' का लिड नायक जिवन लुइटेलले आज आफ्नो ३१ औ जन्म दिन मनाउदिछन । उनले अभिनए गरेको कयोउ चलचित्रहरु ब्यबसाइक सफलता को सुचिमा उक्लन सफल पनि भएका छन ।

२०३८ सालमा आजकै दिन बिराटनगरमा जन्मेका जीवन लुइँटेल (बाबा ) मोडलिङको साथमा सञ्चारकर्मी बन्दै फिल्ममा प्रवेश गरेका हुन्। सिङल सेडुलामा काम गर्ने नायक जिवन लुइटेल सानो संसार र मेरो एउटा साथी छमा छोटो भुमिका निर्वाह गर्दै नसिब मा मुख्य भुमिकामा अभिनय गरेका थिए ।त्यसपछी को फिल्म "नाइ नभन्नु ल" ले उनको जीवनमा अर्को मोडा ल्यायो । नाइ नभन्नु लको सफलतासँगै अहिले उनी व्यस्त नायकको सुचिमा छन् । दीपशिखा, कसम हजुरको, म तिम्रो भईसकें, अन्दाज, जब जब माया बस्छ, मालतीको भट्टी लगायतका फिल्ममा काम गरिसकेका जीवन अहिले योगेश घिमिरेको 'नोटबुक' मा र "रिदम" मा व्यस्त छन् ।
यिनै बेस्त नायकले आफ्नो साथी भाई र शुभ चिन्तकलाई आफ्नो बारेमाजानकारी दिन आफ्नो पर्सनल वेबसाइट बनाएका छन जस्को आज एक कार्यक्रमका बिच घोसणा गर्ने लागेका छन ।
फिल्मी अपडेट को तर्फ बाट नायक जिवन लुँइटेल लाई जन्म दिनको लाखौं लाख शुभकामना ।
0 comments:
Post a Comment