२०६९-०५-१९
रबी अधिकारी चितवन
चपली हाईट गर्ल बिनिता बराल अभिनित नेपाली कथानक चलचित्र "फुलस्टप" अहिले देशका प्रमुख सहरहरुमा भब्य प्रदसन भैरहेको छ । सधै एउटाै धारको फिल्म हेरेर वाक्क भएका दर्शकहरुले सस्पेन्स थिलर चलचित्र "फुलस्टप" साचिकै राम्रो भएको र आफुलाई फिल्म हेर्दा ढुक ढुक अब के हुन्छ अनि फिल्ममा कसले एस्तो गरेको छ भनेर र अलिअलि डर पनि लागेको फिल्म हेरेर निस्केका दर्शकहरुले बताएकाछन ।
नेपालमा एतिको सस्पेन्स र थिलर यो नै पहिलो फिल्म भएको जानकारी फिल्म्री अपडेटको लागी एस फिल्मका निर्माता मोहन कृष्ण श्रेष्ठ जानकारी दिनु भयो । फिल्मका निर्दसक कमल कृष्णले हाम्रो जस्तो देशमा पनि सानो लगानीमा बलिवूड मा जस्तै राम्रो र सस्पेन्स थिलर चलचित्र बनाउन सक्छौ भनेर देखौना खोजेका हौं र हामी केहि हदसम्म सफल पनि भयोउँ ।
बिनिता बराल, सबिन श्रेष्ठ कमल कृष्ण आदिको अभिनय रहेको चलचित्र फुल स्टप ले नराम्रो काम र कुलतमा लाग्दा कस्तो हुन्छ अनि घर परिवारमा र समाजमा कस्तो असर पर्छ अनि नराम्रो काम को नतिजा नराम्रै हुन्छ भनेर देखौना खोजेएको छ । नेपाली फिल्मले आफ्नो लगानी नै उठाउन नसकेको बर्तमान परिस्तितिमा ४५ लाखको लगानी रहेको चलचित्र फुल स्टपले आफनो लगानी सुरचित गर्ने छाट्काँठ देखिएको छ ।

चलचित्र "फुलस्टप"ले नारायणघाटको इन्द्रदेव चलचित्र मन्दिरमा भने २ दिनमा १ लाख जतिको ब्यापार गरेको हल संचालक मुक्ति लाल पियाले फिल्मी अपडेट का लागी चितवन सहकर्मी रबी अधिकारी लाई जानकारी दिनु भयो ।
यसै गरी सोमबार फुल स्टपका नायक सबिन श्रेष्ठ ,निर्माता तथा कलाकार बेनी जोति गुबाजु, सहायक निर्दसक नबराज ढकाल चितवन ,बुटवल अनि पोखरामा फिल्म को पब्लिकसिटीको लागि हिनेका छन । सबिन श्रेष्ठ चितवन आउँदा चितवनका दर्शकहरुले उहाँको फिल्म र अभिनएलाई
दर्शकहरुले मन पराएका छन् र सबिन श्रेष्ठ ले पनि आफुले चलचित्र "फुल स्टप" मा राम्रो काम गरेको दर्शकहरुले मन पराउँदा फिल्म सफल हुंदा आफुलाई धेरै खुसि लागेको प्रतिकृया दिनुभएयो ।
0 comments:
Post a Comment