123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:21 AM
0

२०६९-०६-१०
प्रणप सुबेदी ,काठ्माण्डौ


नेपालामा चलचित्रकर्मिहरुले भोग्न परेको ताजा समस्याको रुपमा प्रदर्शन को समस्यालाई लिन सकिन्छ
प्रदर्शनका  लागी प्रचारपरशारमा साक्रिय रहेका  चलचित्रकर्मिहरुमा रिलिज को मिति नजिकिँदा समेत रिलिजकको अन्योलता देखिन्छ ।

नेपालामा चलचित् निर्माण र यस्को गुणस्तरमा बिकास र बिस्तार  भए पनि चलचित्रको सिस्टम आज पानीजहा को त्यही छ । नयाँ  सिप र सिर्जनाको उजागर गर्न  उदेस्यले चलचित्रकर्मीहरु राम्रा  र गुणस्तरका चलचित्र निर्माण गर्ने धुनमा लागे पनि अन्तत चलचित्र प्रदर्शनमा भने दु:ख  खेप्दै अईरहेकाछन ।

चलचित्र नगरी एउटा बिशालनगरीको रुपमा रुपान्तरित भईसकेकोछ याहा बर्षेनी हजारौको संख्यामा चलचित्रहरु निर्माण हुने गर्दछन प्रदर्शनको लागि तर राम्रो  सिस्टमको कमिको कारणले ति निर्माण भएका चलचित्रको प्रदर्शनमा पनि  कठिनाइ सिर्जना हुने गर्दछ ।

चलचित्र निर्माण भन्दा चलचित्र प्रदर्शन गर्नु आफैमा एउटा कठिन कुरा हो चलचित्रकर्मिहरु बताउछन ।  चलचित्रको सुटिङ ,निर्माण ,पोस्ट प्रोडक्सन लगाएतका सबै काम तोकेको समयमा हुने गरेतापनी प्रदर्शनको मिती भने कहिले पनि तोकिएको समयमा हुने गरेको छैन ।
आफ्नो चलचित्र कहिले र कुन मितिमा प्रदर्शनमा आउँछ भनेर पनि निर्माता सोयम पनि अन्योलमा पर्ने गरेकाछन ।राम्रो सिस्टम अभाबका कारण निर्माताहरु आफ्नो चलचित्रको रिलिज डेट पोस्पोन्ड गर्दा गर्दै हैरान भयेकाछन ।
यसैको उदाहरण दिनु पर्दा केहि चलचित्र हरुको नाम लिन जरुरि छ जसको रिलिज डेट पोस्पोन्ड भएको छ ।

"भिजा गर्ल"
यस चलचित्र असोज  १२ बाट प्रदर्शनमा आउँने पक्का भएको थियो तर अब भने यो चलचित्र असोज १९ बाट प्रदर्शनमा आउँने भएको छ ।


"खोज"
यस्तै अर्को चलचित्र "खोज" भदौ २९ बाट प्रदर्शनमा आउँने भनेर ब्यापक प्रचार प्रशार गरिएको थियो तर अब भने यो चलचित्र असोज १२ गते बाट देश भर एकसाथ प्रदर्शनमा आउँने भएको  छ ।
"खोज"


"लेटर"
सस्पेन्स,थ्रीलर भनिएको अर्को चलचित्र  "लेटर"  को पनी हालत यस्तै छ  असोज १२ गते बाट  दर्शकले हेर्न पाउनु हुनेछ भनेर घोषणा गरिएको चलचित्र "लेटर"  ले प्रदर्शन को मुखमा आएर रिलिज को मिति सारेको छ चलचित्र अब असोज १९ हेर्न पाईने भएको छ  ।

यस्तै नया चलचित्रको कुरा  गर्दा चलचित्र 'ईशारा" को भने  रिलिजको मिति टुंगो लागेको छैन ।
ईशारा
यसरि चलचित्रको रिलिजको मिति बारम्बार परिवर्तन गर्नाले  चलचित्र निर्माता,निर्देशक नभई चलचित्रका दर्शकहरु पनि मारमा पर्ने गरेका छन ।
यस्तै समस्या लाई निराकरण सम्बन्धित निकाएले ध्यान दिनु जरुरि छ  । नभए चलचित्र प्रदर्शनको क्रममा चलचित्रकर्मीहरु बीच नै मदभेद र अन्योलको इस्थिति  नआउला भन्न सकिन्न   ।
"सबैलाई चेतना भया "

0 comments: