२०६९-०६-०८
प्रणप सुबेदी ,काठ्माण्डौ
मङसिर २२ गते देखि २६ गतेसम्म राष्ट्रियसभा गृहमा छोटा अवधिका सर्ट फिल्म प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा ५ मिनेट सम्मका फिल्मलाई मात्र समावेश गराईने छ ।

शिक्षा र समाजको विकास, जीवन परिवर्तन तथा व्यक्तिगत प्रेरणाको क्षेत्रमा पारेको प्रभावका बारेमा सर्ट फिल्म प्रतियोगिता गर्न लागिएको आयोजकको कथन छ । हिमाल एसोसिएसन, काठमाडौं पर्वतीय फिल्म महोत्सव किम्फ र ओपन सोसाईटी फाउन्डेसनको आयोजनामा सर्ट फिल्म प्रतियोगिता हुन लागेको हो र ३० वर्ष उमेर ननाघेकाले मात्र भाग लिन पाउने भएको छ ।
पहिलो हुने फिल्मलाई ७५ हजार,
दोस्रोलाई ५० हजार र तेस्रो हुनेलाई ३५ हजार रुपैँया सहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने छ आयोजकको निर्णय रहेको छ ।
0 comments:
Post a Comment