123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:16 AM
0


२०६९-०५-२४
फिल्मी अपडेट

सुन्दरी नायिका केकी अधिकारी हिजो दुर्घटनामा परिन । चलचित्र ‘महशुश’ को सुटिङका लागि छायाँङ्कनस्थल अनामनगरतर्फ गइरहेको समयमा महांकालमा केकी दुर्घटनामा परेकी हुन् । ‘महशुश’ का सहायक प्रोडक्सन मेनेजर दिलिप पन्तले केकीलाई  जोरपाटीस्थित घरबाट बाइकमा राखेर सुटिङ स्थल अनामनगरस्थित नुतन स्डुडियो लादै गर्दा महांकालमा बाटो क्रस गर्न लागेको कुकुरलाई बचाउने क्रममा उनीहरु दुर्घटनामा परेका हुन् ।


दिलिपलाई खासै केही भएको छैन भने केकीको ओठमा सामान्य चोट लाग्नु बाहेक खासै त्यस्तो असर नपरेको सिनेमा  'महशुश' का निर्देशक नवल नेपालले जानकारी गराए ।  उनका अनुसार आज एक दिन भने केकीको दुर्घटनाकै कारण ‘महशुश’ को सुटिङ रोक्ने निर्णय भएको छ । लगभग दश प्रतिशत छायाँकन गर्न बाकी चलचित्र ‘महशुश’ मा अब केकीको दुई वटा सिन र एउटा गीतमात्र खिच्न बाकी छ । अब दुई तीन दिन केकी रेस्टमा बसेपनि चलचित्र को बाकी छायाँकन भोलिदेखि जारी रहनेछ । पारिवारिक तथा प्रेमकथाको फ्युजन रहेको यस चलचित्र मा केकीका अलावा आर्यन सिग्देल र वेनिशा हमालको मुख्य अभिनय रहेको छ ।  


LIKE US On Facebook !!!



0 comments: