२०६९-०६-०३
मनिस कार्की,सर्लाही
नेपाली कथानक चलचित्र "दम द पावर" को सर्लाही का स्थानिय पत्रकारहरुले क्यामेरा,रोल एक्सन र क्ल्याप हानेर शुभमुहुरत गरेका छन् । पछिल्लो समय राजधानीलाई छाडेर मौफसल शुभमुहुरत अर्थात चलचित्रको शुभ साइत गरिने क्रममा चलचित्र "दम" ले पनि आट देखाएको छ । यो सर्लाहीमा शुभ साइत गरिएको तेस्रो चलचित्रहो भने फिचर फिल्ममा दोस्रो हो । यस अघि श्याम भटट्राई द्धारा निर्देशित लंका तथा तामाङ र नेपाली मिश्रित भाषामा निर्माण गरिएको सजन लामा निर्देशित चलचित्र कुटुम्बको शुभ साइत गरिएको थियो । यी दुबै चलचित्र प्रर्दशनको तयारीमा रहेको छ । चलचित्र "दम द पावर" को निर्देशन भने नमस्ते,हात लाग्यो श’न्य,प्ले गर्ल चलचित्र को क्याप्टेन भै सकेका सर्लाही हजरिया स्थायी घर भएका निर्देशक विजय विक्रम वस्नेत ले निर्देशन गरेको चौथो चलचित्र हो । तीनै चलचित्र भन्दा फरक स्वाद दममा दिन खोजिएको निर्देशक वस्नेतले वताए ।
वि एण्ड वि फिल्मस्को ब्यानरमा निर्माण गरिएको चलचित्र मा जङगली क्वीन लगायत साना चलचित्रका सुपर हिट नायक श्याम कटूवाल मूख्य नायक छन् भने एकताका एक्सन स्टार विराज भटट् संग हिमचिम भएर चलचित्रमा नायिका बनेकी भनेर निक्कै आरोप खेपेकी नायिका जेनिसा के.सी.ले मूख्य नायिका पाएकी छिन् भने दिपक क्षेत्रीले खलपात्रको भूमिका निभाउने भएका छन् । विकास चौधरीको संगित,राम जनकको द्धन्द,शम्भ’ सापकोटाको छायाकंन रहेको चलचित्रमा विश्व बस्नेत र निदेश राज के.सी.को संय’क्त ५० लाख लगानी रहेको छ । सर्लाही,सिन्ध’ली र जनकप’रमा ९५ प्रतिशत छायाकंन गरिने छ भने ५ प्रतिशत मात्र काठमाण्डौमा हुनेछ । सर्लाहीमा २५ दिनको छायाकंन सकेर आगामी माघ २९ गते प्रदशनमा ल्याइने निर्माण पक्षले जनाएको छ ।

0 comments:
Post a Comment