123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

3:52 PM
0
२०६९-०५-२२
फिल्मी अपडेट

बलिउडकी नायीका कंगना रणावतको जीवनमा प्रेम र प्रेमीको लागी कुनै ठाउँ छैन् कि जस्तो लागेको छ । उनले आफ्नो अन्तिम अर्थात् ब्रिटिस डाक्टर निकोलस लैफटीसँग पनि आफ्नो प्रेम प्रसंगलाई पूर्ण विराम लगाइदिएकी छिन् । एक वर्षको प्रेमसम्बन्ध पछी पहिलोपटक गत जुनमा आफ्नो साथीको रूपमा चिनाएकी डाक्टर निकोलससँग अहिले उनको कुनै सम्बन्ध नरहेको बताइएको छ ।
यी दुई बिचको फुटको कारण भने भविष्यको चिन्ता बताइएको छ । कंगनाका नजिकका साथीले बताए अनुसार दुवैले आ-आफ्नो भविष्यबारे सोच्न थालेपछी दुईबिच कुरा नमिलेको र छुट्टिएका हुन् । निकोलसले कंगनासँग विवाह गरेर सन्तानसहित आफ्नो जीवन बिताउने सपना सजाएका थिए भने यता कंगनाले पहिले आफू बलिउडमा स्थापित भएर मात्र अन्य कुरा सोच्ने बताएपछी यी दुईको सपनामा आकाश-पाताल फरक परेको थियो र यही कारण यी दुईले आफ्नो करिव डेढ वर्ष लामो प्रेम सम्बन्धलाई पूर्णविराम नै लगाए ।

नायीका कंगनाका नजिकका मानिसहरूका अनुसार फिल्म क्षेत्रमा व्यस्त रहेकी नायीका कंगनाका प्रेमी डाक्टर निकोलस भने फिल्म क्षेत्रप्रति त्यति रूची नराख ?ने व्यक्ति थीए । उनले फिल्म क्षेत्रलाई नरूचाउने र कंगनाले उक्त क्षेत्रमा नै आफूलाई स्थापित गराउने बताएपछी यी दुई सँगै जीवन बिताउन नसकिने निष्कर्षमा पुगेका हुन् ।
 

Join Our Facebook !!!



0 comments: