२०६९-०६-१४
फिल्मी अपडेट्,काठ्माण्डौ
एजेन्सी -
बलिउडमा किंग खानका नामले परिचित नायक शाहरुख खानका साथमा अभिनेत्रीद्धय कटरिना कैफ र अनुष्का शर्माले खेलेको बलिउडको यसवर्षको बहुप्रतिक्षित फिल्म ‘जब तक है जान’ केही समयपछि प्रदर्शनमा आउने तरखरमा छ ।
चर्चित भारतीय निर्देशक यश चोपडाले निर्देशन गरेका हुन ‘जब तक है जान’लाई । निर्देशक चोपडाका अनुसार ज्योतिषहरुले उक्त फिल्मबाट शाहरुख खान र चोपडाले इतिहास रच्ने अड्कल गरेका छन् ।
नोभेम्वर १३ तारिख ‘जब तक है जान’ रिलिज संगै , नोभेम्वर महिनामै अभिनेता खानको जन्मदिन परेको छ । यसहिसावले शाहरुख र चोपडाको भाग्यले भन्छ कि यो फिल्म बलिउडको यसवर्षकै सबैभन्दा हिट फिल्म सावित हुन्छ । ‘जब तक है जान’ले यतिधेरै ब्यापार गर्छ कि जुन वितेका वर्षहरुमा कुनै फिल्मले गरेका छैनन् ।
समाचारका अनुसार ज्योतिषहरुले दाबी गरेका छन् कि यो फिल्म निर्देशक चोपडाको अन्तिम फिल्म हो, जुन भारतीय चलचित्रमा सबैभन्दा सम्झनायोग्य फिल्म हुनेछ ।
0 comments:
Post a Comment