123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:55 PM
0


२०६९-०६-०१
प्रणप सुबेदी ,काठ्माण्डौ


आज असोज १ गते सोमबार मिति र  दिनको हिशाबले कुरा गर्ने हो भने आजको दिन निकै सुभ मानिन्छ . र आजको सुभ दनको फाइदा उठाउदै केहि चलचित्रकर्मिहरुले मौकाको फाइदा उठाए   ।

आज राजधानीमा एकैपटकमा तीन वटा चलचिहरुको  मुहुरत गरिएको  छ । चलचित्र  हमेशा , प्रोडयुसर र  वनफूल यी तिन चलचित्रहरुको आज बाट छायाँकन सुरु भएका छन्   । 

 "हमेशा"
निर्देशक  सविर श्रेष्ठको निर्दशन रहने  चलचित्र   "हमेशा"  मा सविन श्रेष्ठ,रेखा थापाको अभिनय रहने छ भने यसलाई निर्माण गर्ने भएका छन् छबी ओझा ले । हमेशाको सुटिङ यसै  सातावाट सुरु हुनेछ बुझिएको छ  ।




"प्रोडयुसर"
राज कुमार राइको निर्माण रहने "प्रोडयुसर" को पनि आज सुभ मुहुरत भएको छ ।  निर्देशक जनक दिपले निर्देशन गर्ने यस चलचित्रमा  बाबु बोगटी, श्याम अर्याल, स्वेता भट्टराई, विल्सन विक्रम राई आदिको मुख्य भुमिकारहने छ ।
"वनफूल"
नवराज बुढथोकी को निर्देशन रहने चलचित्र "वनफूल" लाई  मदन वराल र वि वि वस्नेत को  संयूक्त  निर्माणमा बनाउन लागिएको हो  यस चलचित्र "वनफूल" मा सुनिल पोखरेल, महेश श्रेष्ठ, माजु देवकोटा, मदन बराल आदिको मुख्य अभिनय रहेको छ । चलचित्रको मुहुरत किर्तिपुर को  बाघभैरव मन्दिरमा गरिएको हो  ।

0 comments: