२०६९-०६-०८
फिल्मी अपडेट्,काठ्माण्डौ
एजेन्सी-सन् २०१३ को ओस्कर अवार्डका लागि भारतबाट गत साता रिलिज भएको बलिउड फिल्म बर्फी छानिएको छ।
‘हामी वर्फीका लागि सम्मानित भएका छौं,’ स्टुडियोस् डिज्नी युटिभीका प्रवन्ध निर्देशक सिद्धार्थ रोय कपुरले भने, ‘यो फिल्म भारतलाई प्रतिस्पर्धा गर्दै एकेडेमी अवार्डका लागि जाने भएको छ।’
बक्स अफिसमा सफलता पाएको फिल्मले विश्वव्यापीरुपमा समीक्षा पाउने अवस्थाप्रति सन्तोष व्यक्त गरेका छन् सिद्धार्थ रोय कपुरले । पछिल्ला ७ वर्षमा युटिभीले बनाएका योसहित ४ वटा फिल्मले भारतलाई प्रतिनिधित्व गर्दै ओस्करमा सहभागिता जनाउने भएको हो।
यसअघि युटिभीको व्यानरमा बनेका २००६ मा रङ् दे वसन्ती, २००९ मा हरिसचन्द्रची फ्याक्ट्री, २०१० मा पिपली लाइभले भारतलाई प्रतिनिधित्व गर्दै ओस्करमा सहभागिता जनाएका थिए।
0 comments:
Post a Comment