123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:52 PM
0


२०६९-०५-१७ काठमान्डौ

नेपाली चलचित्रका नायिका विपना थापा विरुद्ध ऋण असुली न्यायाधीकरणमा मुद्दा दर्ता भएको छ । केही वर्ष अघिसम्म पनि नेपाली चलचित्र क्षेत्रमा निकै व्यस्त र स्थापित नायिकाको रुपमा चिनिने उनले काठमाडौमा रहेको केन्द्रिय कार्यालय नेशनल फाइनान्सबाट हायर पर्चेज कर्जा लिएका थिइन् तर कर्जावापतको सम्पूर्ण रकम चुक्ता नगरेपछि फाइनान्सले उनी विरुद्ध न्यायधिकरणमा मुद्दा दर्ता गरेको हो ।
फाइनान्सबाट कर्जा लिएपछि लामो समयसम्म सम्पर्क बाहिर रहेको र कर्जा तिर्न आउनको लागि विभिन्न माध्यमद्वारा पटक–पटक सम्पर्क गरे पनि थापाले कर्जा तिर्ने विषयमा कुनै पनि चासो नदेखाएपछि फाइनान्सले न्यायाधीकरणमा मुद्दा दर्ता गरिएको जनाएको छ । विपना थापाले तत्कालीन समयमा हायर पर्चेज लोन अन्तर्गत गाडी खरिद गर्नको लागि कर्जा लिएको फाइनान्सले जनाएको छ । उक्त कर्जामा सोही गाडी नै धितो रहेको अवस्थामा फाइनान्सले धितोमा रहेको गाडी भने यसअघि नै लिलाम बढाबढ मार्फत बिक्री गरिसकेको छ तर गाडी बिक्री गर्दा पनि कर्जाको साँवाब्याज रकम पूर्णरुपमा असुली नभएपछि फाइनान्सकै आग्रहमा कर्जा सूचना केन्द्रले नायिका थापालाई कालो सूचीमा राखेको छ ।
थापासँग कर्जावापत फाइनान्सले अझै झण्डै ८ लाख रुपैयाँ उठाउन बाँकी रहेको छ । ऋणको लागि साक्षी मात्र बसिदिएको तेज इन्टरप्राइजेजले जनाएको छ । स्रोतका अनुसार नायिका विपना थापा लामो समयदेखि नेपाली फिल्मी क्षेत्रबाट टाढिएर विवाह गरी भारतमा घरजम गरी बस्दै आएकी छिन् ।

BY  नेपाली हेडलाईन

0 comments: