123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

7:15 PM
0
२०६९-०६-०४ बिहिबार राज सुबेदी 

शुक्रबार मोफसलमा रिलिज भईसकेको चलचित्र बर्सात राजधनीका हलमा रिलिज हुने भएको छ भने देशभर 'ॐ' प्रदर्शनमा आउने भएको छ । मोफसलमा प्रदर्शन भइसकेको चलचित्र  वर्षात काठमाडौका करीब १२ वटा हलमा प्रदर्शन हुँदैछ । भने ॐ' अलनेपाल  ४५ भन्दा बढी हल बाट प्रदर्शनमा आउँने छ ।


राजधानी बाहिर मध्यम व्यापार गरेको रेखा थापा, सबिन श्रेष्ठ र निर्मल सेन्चुरी अभिनित चलचित्र बर्षातलाई सानु शाक्यले निर्देशन गरेका हुन् ।  निर्मल सेन्चुरी यस चलचित्रमा लवर ब्वायको भूमिकामा प्रस्तुत भएका छन् । मोहनकृष्ण श्रेष्ठ र गजेन्द्र रञ्जितको संयुक्त लगानी रहेको फिल्म बर्सातमा शिवम अधिकारीको पटकथा तथा संवाद, रोशन श्रेष्को द्धन्द्ध र अर्जुन पोखरेलको संगीत रहेको छ । यस चलचित्रमा शम्भूजीत वास्कोटा र अर्जुन पोखरेलले संयुक्त रुपमा संगीत भरेका छन । एवम् शंकर वि.सीको नृत्य निर्देशन रहेको वर्षातलाई कृष्ण श्रेष्ठले खिचेका छन् ।

 त्यस्तै बर्षात सँगसँगै रिलिज हुन लागेको अर्को चलचित्र हो ॐ । 'ॐ' लाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । करण क्रेजीले निर्माण गरेको सो ग्याङस्टार फिल्ममा झरना थापा, सुमन सिंह, दीक्षा कुँवर आदि कलाकारहरुको अभिनय रहेको छ । हरेक मान्छेले सपना देख्छ तर त्यो सपना पूरा गर्न आफैले मेहनत गर्नु पर्छ भन्ने सन्देशका साथ निर्माण गरिएको फिल्ममा राजेश खड्गी र भुपाल कार्कीको संयुक्त लगानी रहेको छ । त्यस्तै रोशन श्रेष्ठले द्धन्द्ध दिनेश सुनाम र बसन्त सापकोटाको संगीत, कमल दाहालको लेखन, र दुर्गा पौडेलको छायाँकन रहेको छ । चलचित्र ॐ  मंगलबार नै पोखरा र दमकमा रिलिज भैसकेको छ ।

0 comments: