123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

6:29 AM
0


२०६९-०६-१४
फिल्मी अपडेट्,काठ्माण्डौ

 एजेन्सीले जनाएअनुसार करिनाले बिहे गर्न लागेको कुराले बलिउडका निर्माताहरूमा तनाव शुरू भएको छ। समाचारमा जनाइएअनुसार करिना सञ्जय लीला भंसालीको फिल्म राम लीलाबाट यही कारण हटेकी छिन्।
बलिउड सुन्दरी करिना कपूर र नायक सैफ अलि खानको बिहे भएकै छैन तर गर्भवती हुने कुराले उनको हातबाट फिल्म फुत्किन थालेको छ।


फिल्मको निर्माण समूहले गर्भवती हुन नपाइने सर्त राखेपछि त्यसलाई अस्वीकार गर्दा करिनाले त्यो फिल्मबाट बाहिरिनुपरेको हो।जसका कारण निर्माण पक्षले उनीसँग एग्रिमेन्ट नै गरेन। ८० को दशकमा बलिउडका फिल्मका लागि एगिीमेन्ट गरिँदा पारिश्रमिकको कुरामा जोड दिने गरिए पनि हाल आएर यसमा कडाइ गरिएको र सुटिङका क्रममा गर्भ बोक्न नपाइने सर्त निर्माण पक्षले अगाडि सार्न थालेको समाचारमा उल्लेख छ।

करिना र सैफ आगामी अक्टोबर १६ तारिखमा बिहे गर्दै छन्। सैफको अभिनेत्री आमा शर्मिला टैगोरले बिहेको कार्ड बाँड्न शुरू गरिसकेको आजतक टेलिभिजनले जनाएको छ। करिनाले भने आफूहरूको विवाह भइसकेको बताएकी छिन्। ‘हामी ५ वर्षदेखि सँगै बसिरहेका छौं। बिहेलाई कानुनी मान्यता दिलाउन मात्र बाँकी छ’, करिनाले भनेकी छिन्– ‘हामी पहिले नै धेरै पटक छुट्टी मनाउन गइसकेका छौं। अब हामी फेरि छुट्टी मनाउन गयौं भने यो हाम्रो २ सय ५०औं हनिमुन हुनेछ।’

0 comments: