123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

5:12 PM
0

२०६९-०६-११
फिल्मी अपडेट .काठमाण्डौ

यसअघि थुप्रै चलचित्रमा अभिनय गरिसकेका अभिनेता तथा निर्माता केशव भट्टराईद्वारा निर्माण र शिव रेग्मीद्वारा निर्देशित चलचित्र "सो सिम्पल" प्रदर्शनका लागि तयार भएको छ। आगामी कात्तिक ३ गते एकसाथ प्रदर्शनमा आउने भएको छ चलचित्र "सो सिम्पल"  ।
 

यसै चलचित्र "सो सिम्पल" ले आगामी असोज २६ गते दमकमा आफ्नो पहिलो च्यारिटीसो को आयोजना गर्दैछ ।दमक कै स्थानिय क्लबले आयोजना गर्ने भनिएको उक्त च्यारिटी सो बाट उठेको रकम सोहि क्लबको खेलाडीको सहयोगको लागी प्रदान गरिने भएको छ ।
निर्देशक शिव रेग्मी, निर्माता केशव भट्टराई,नायक प्रमोद भारद्वाज र नायिका भावना रेग्मी का साथ् अन्य कलाकारमा शिशिर भण्डारी र सुगम गुरागाई सहित चलचित्र "सो सिम्पल" को टोलि आगामी असोज २५  गते दमक जाने भएकाछन ।
चलचित्र "सो सिम्पल"
निर्माता केशब भट्टराई भने भोलि बाट  चलचित्रको प्रमोसन र प्रचार प्रशारको लागि .पोखरा,बाग्लुङ , दमौली लगायतका पश्चिमका छेत्रहरुमा पुन हिड्ने भएकाछन  ।


स्मरण रहोस चलचित्र "सो सिम्पल" किशोर किशोरीको प्रेम कहानीमा बनेको सामजिक र पारिवारिक कथावस्तुको चलचित्र हो जस्मा कथा, पटकथा र संवाद प्रदीप भारद्वाज, गीत शिव रेग्मी, प्रदीप भारद्वाज र कुमार विवाहित, संगीत ताराप्रकाश लिम्बु, नृत्य कविराज गहतराज, द्वन्द्व हिमाल केसी, छायांकन दीपक वज्राचार्य र सम्पादन रजनीनाथ पन्त र बनिश शाहको रहेको छ।

चलचित्रमा  "सो सिम्पल" भावना रेग्मीले नायिकाको रूपमा डेब्यु गर्दैछिन र उनीसंगै नयाँ छन् नायक  प्रमोद भारद्वाज पनि ।
साथै चलचित्र मा  राजबल्लभ कोइराला, श्वेता भट्टराई, केशव भट्टराई, अशोक शर्मा, मिथिला शर्मा, सुशील पोखरेल, कमलकृष्ण पौडेल, विनोद भट्टराई, शिशिर भण्डारी, का साथै बालकलाकार स्मृति ओली, कविना थापा, स्लोका भट्टराई लगायतकाको प्रमुख अभिनय हेनर सकिनेछ।

0 comments: