२०६९-०६-०७
प्रणप सुबेदि, काठ्माण्डौ
नेपाली चलचित्रमा प्रबाशी नेपालीहरुको प्रबेश नेपाली चलचित्रको बामे सरे देखिको अवस्थादेखी नै छ यो कुरालाई अझ प्रस्ट हेर्नेहो भने एकैछिन नेपाली चलचित्रको ईतिहाशलाई फर्केर हेर्न जरुरी छ।
नेपालामा बनेको पहिलो नेपाली चलचित्र बनाउने निर्देशक डि बि परियार हुन र यिनी प्रबाशी नेपाली नै हुन।परियारले चलचित्र "आमा" को निर्देशन गरेर प्रबाशी नेपालिले नेपाली निर्देशन गर्ने यात्रामा जग हालिदिए।
तेसपछी यसै काममा ईटा थप्ने काम गरे अर्का प्रबाशी नेपालिले र उनि बि एस थापा हुन । उनले चलचित्र "माईति घर" को निर्देशन गरि निरन्तरता दिएका थिए चलचित्र "माईति घर"मा भारतिय नगरी कि नायिका माला सिन्हा संग नेपालि मुलका नायक सिपि लोहनी सँग स्क्रिन सेर गर्न लगाइयो ।
चलचित्र "माईति घर" ले नेपालि चलचित्रको उद्योग लाई बिस्तार गर्न केहि हदसम्म सहयोग पुरायो ।
नेपालि चलचित्र उद्योगमा विभिन्न बिषयलाई लक्षित गर्दै चलचित्र बन्ने क्रम संगै कृतिमा आधारित चलचित्रको निर्माण क्रम निर्देशक प्रताप सुब्बा द्वारा चलचित्र "परालको आगो" नामक चलचित्रको निर्माण गरि निरन्तरता पाउन थाल्यो र निर्देशक सुब्बा पनि प्रबाशी नेपालि नै हुन् ।
अर्का सफल निर्देशकका रुपमा परिचय बनाउन सफल निर्देशक तुलशी घिमिरेले "कुसुमे रुमाल" मार्फत नेपालि चलचित्र उद्योगमा निर्देशन छेत्रमा हात हाले तेसपछि उनले बनाएका चलचित्रहरुले एउटा छुट्टै स्थान पाउन थालेका छन् प्रबाशी नेपालि भएर पनि उनले नेपालि चलाचित्रको बिकास र बिस्तारको लागि आफ्नो धेरै काला र सिर्जना खर्चेका छन् र अझ निरन्तरता पनि दिंदैछन् ।
चलचित्र "साईनो" र"त्रिसना" बाट अर्का निर्देशक युगेन छोपेनले पनि नेपालि चलचित्र छेत्रमा निर्देशकको रुपमा प्रवेश गरेका हुन् यसरि प्रबाशी नेपालि चलचित्रकर्मीहरुको नेपालि चलचित्र छेत्रमा प्रवेश को क्रम नयाँ पुस्ताका निर्माताहरुमा पनि निरन्तरता पाएको देखिन्छ ।
नयाँ पुस्ताका नाम लिँदा सिक्कीमका प्रसान्त रशाईलि पनि एक हुन् जसले "आचार्य" जस्ता सफल चलचित्रको निर्देशन गरेका थिए यति मात्र नभएर यिनकै निर्देशनमा अर्को चलचित्र "कथा" पनि निर्माण भएकोछ जुन चलचित्र पनि सिक्किममा नै बनेको हो
अन्य चलचित्रहरुको कुरा गर्दा चलचित्र "ईशारा" को को कुरा गरौ यस चलचित्र निर्माणमा नेपालि टिम भएपनि प्रोडक्सन भने सिक्किममा नै भएको हो भ

तेस्तै पछिलो समय चलचित्र "लेटर" निर्माण भएको छ जसलाई निर्देशन गरेका छन् सान्तेन भुटियाले जो पनि एक प्रबाशी नेपालि नै हुन् ।

अन्त्यमा
सिमाना ,देश र पहिचान फेरिये पनी भाषा कहिले पनि फेरिएन जसको आज पनि मन नेपालि नै छ भाबना नेपालि नै छ पहिचान नेपाल संगनै जोडिएको छ ति प्रबाशि चलचित्रकर्मीहरुले नेपालि चलचित्रमा पुराएको योग्दान चाहे त्यो अभिनयेमा होस् या निर्माण र निर्देशनमा होस् त्यो बिशेस छ जसले नेपालि चलचित्र क्षेत्रको बिकाश र उत्थानमा ठुलो भूमिका खेलेको छ ।
0 comments:
Post a Comment