123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:19 AM
0

 २०६९-०६-०१
प्रणप सुबेदी ,काठ्माण्डौ

बिशुद्ध पारिवारिक प्रेमकथालाई बुनेर निर्माण गरिएको फिल्म "महसुस" को सुटिङ प्याकअप गरिएको छ ।  "महसुस" को  सुटिङ  २५ औं दिनमा  प्याकअप गरिएको  निर्देशक नवल नेपालले जानकारी गराए ।

सुटिङ सकेर हाल आराम गरिरहेका निर्देशक नवलले फिल्मको बारेमा जानकारी दिंदै भने, ‘महसुसमा परिवार र युवायुवती बिचको प्रेमको फ्युजनलाई प्रस्तुत गरिएको छ जहाँ प्रेमकथा भित्रका द्धन्दहरू छन् ।’ फिल्ममा भौतिक द्धन्द भने नरहेको नवलको भनाई छ । फिल्मलाई कमर्सियल बनाउन भौतिक द्धन्दलाई खासै प्रथमिकता नदिने नवलको भनाई छ । उनका अनुसार फिल्मको कथाले दर्शकलाई बाँधे पछि त्यो नै कमर्सियल हुनेछ ।

श्रीमान, तस्विर, युग, रात जस्ता फिल्म निर्देशन गरेका नवलको यो फिल्ममा आर्यन सिग्देल, केकी अधिकारी, बेनिशा हमाल, निर शाह, मिथिला शर्मा, रश्मी भट्ट, रबिन्द्र खड्का लगायतले अभिनय गरेका छन् । कल्याण घिमिरेको कथा तथा निर्माण रहेको सो फिल्ममा निर्देशक नेपालकै पटकथा तथा संवाद, सुरेश अधिकारीको संगीत, दिव्यराज सुवेदीको छायाँकन तथा कविराज गहतराजको करियोग्राफी रहेको छ । फिल्मलाई पुष महिना सम्ममा रिलिज गर्ने योजना बनाएको निर्माता घिमिरेले जानकारी दिए ।


0 comments: