123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

6:09 PM
0
२०६९-०६-०८
प्रणप सुबेदि, काठ्माण्डौ

प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आगामी १७ गते निर्देशक समाजको कार्यलयमा  3rd National film workshop जुन आगामि असोज १९ देखि २३ गते सम्म पर्यटकीय तथा साँस्कृतिक स्थल लमजुङ जिल्लाको घले गाउँमा हुने  वर्कशपको को उदघाटन गर्ने भएकाछन्  क्ल्याप ठोकेर ।

निर्देशक समाजका अध्यक्ष विमल पौडेलको एक टोलीको अनुरोधमा प्रधानमन्त्री डा.बाबुराम भट्टराई उद्घाटनका लागि तयार भएका हुन् । बार्‍ह लाख बजेटमा हुन लागेको यसपटकको वर्कशपमा पर्यटनलाई प्रमुख नाराको रुपमा पनि अघि सारिएको छ ।
५ दिन सम्म संचालनहुने उक्त कार्यक्रमको लागी निर्देशक समाजले महासचिव राजेन्द्र उप्रेतीको संयोजकत्वमा सहसंयोजक एम ।एस ।अग्रज, जनसम्पर्क अधिकारी राजु के ।सी । र सदस्यहरु देब कुमार श्रेष्ठ, रामशरण पाठक, दुर्गा नेम्वाङ, मनोज थापा रहेको उपसमिती गठन गरेको छ । सो कार्यशालाले सो अवधिमा नै केही लघुचलचित्रहरु उत्पादनगर्ने लक्ष्य राखेको छ ।

वर्कशपमा सहभागिताकालागि सम्पूर्ण चलचित्र लेखक, निर्देशक, कलाकार, निर्माता, प्राविधिक, चलचित्र समिक्षक, पत्रकार, चलचित्र अध्यनरत विधार्थीहरु र यस विधामा इच्छुक सम्पूर्णलाई  
 फर्म रजिष्टर गर्ने कार्य पनि धमाधम भईरहेको छ । ८० जनालाई सहभागी गराउने उद्देश्य सहित आयोजना हुने एक हप्ते वर्कशपमा सिमित सिट मात्र बाकी रहेकाले ईच्छुकहरुले तुरुन्तै  कार्यालयमा सम्पर्क गर्न समाजले फिल्मीखबर मार्फत  अनुरोध गरेको छ ।
LIKE

0 comments: