२०६९-०५-२९ सुक्रबार राज सुबेदी
तीज आउन मात्र केहि दिन बाँकी रहेको छ र तिजको रमझम पनि शुरु भईसकेको छ । गाँउ होस वा शहर चारै तिर तीजका गीतहरु घन्किएका छन । त्यसो त शहरका बिभिन्न स्थानहरुमा अहिले दर खाने कार्यक्रमको चहलपहल पनि भईसकेको छ । हिन्दु नारीहरुको महान चाडका रुपमा लिइने तिजलाई नायिकाहरुले भब्य रुपमा मनाउने बताइरहेका छन । धेरै जसो नायिकाहरुले तिजमा नाचगान गर्ने र बर्त बस्ने बताएका छन । तिजमा विवाहिता नारीहरु माइतीमा गएर तीज मनाउने प्रचलन रही आएको छ । वास्तवमा भन्ने हो भने तीज आफैंमा एक सुन्दर पर्व हो । नारीहरुले नाचगान गर्दै र्हषोल्लासका साथ दिनभरि भोकै बसी श्रीमानको दिर्घायुको कामना गर्नु नै विशेष यस तीज र्पवको सन्देश मानिन्छ । सेलिब्रेटीहरुले आ-आफ्नै तरिकाले तीज मनाउन लागिरहेको यसपालीको तीज मनाउने तरिका फिल्मी अपडेटले सोधेको थियो । जस अन्तर्गत तिज बिशेष यस्तो छ :-
- अहिले पधमिनी भन्ने फिल्मको सुटीङमा ब्यस्त छु । त्यसैले अस्ति भर्खर हाम्रो दिपा श्री निरौलाले सम्मान कार्यक्रम गर्नु भएको थियो त्यहाँ गए, त्यो दिन चाही एकदमै तीजमय भएको थियो । मैले वर्षको एक पटक बर्त बस्छु कि त तिजमा कि शिव रात्री को दिनमा । हाम्रो हजुर-आमाले पनि हाम्रो कुल देवता शिब जी हो भनेर, र त्यो कुरा ममीले पनि मान्नुहुन्छ र मैले पनि त्यसलार्इ सास्कृतिक रुपले पनि निरन्तरता दिनका लागि तिज अथवा शिब रात्री एक दिन बर्त बस्छु । मेरो घर यहि काठमाडौँ भएकोले गर्दा यहि गेस्टहरुसंग तिज रामइलो गर्छु । दिदि बहिनी नाचेको देखेर मलाई रमाइलो लाग्छ किन कि उहाँहरु कसरि नाच्नु हुन्छ दिनभरी नाच्दै गाउदै म सक्दिन । हल्का नाच्नेछु, सपिग त अब मैले पुरा वर्ष नै केहि न केहि कार्यक्रमको लागि सामान्य कपडा त किनिरहेको हुन्छु । तिजको लागि कुर्ता बनाउन दिएको छु । विभिन्न मिडिया र रिलेटीभले दर खाने प्रोग्राम राख्नु हुन्छ सहभागी हुन्छु । तिजको बिकृति खासै केहि छैन दिदि बहिनि आफ्नो पिर,मर्का भुली रमाइलो गरि मनाउने भएको हुनाले यो नारीको लागि खास पर्ब हो ।
- हिन्दु नारीको महान चाड हो तिज नेपाली चेलीबेटीमा पक्कै पनि त्यसको प्रभाब त पर्छ नै । म पनि तिजको रमझममा रमाई रहेकि छु । पार्बतीले शिबलाई पाउन बर्त बस्नु भएको थियो रे, त्यसैले हामीले पनि शिब पति पाउन बर्त बस्नु पर्यो नि । शुक्रबार घरमा जान्छु, किन भने बाल दिवस पनि पर्दै छ त्यो दिनमा । म बृर्दा आश्रम , बच्चाहरु संग तिज मनाउदै छु र फेमिले त छदै छ । विभिन्न तिज बिशेष प्रोग्राममा पुगेको छु । म रमाइलो गरेर तिज मनाउने छु । सपिंङ मैले अहिले सम्म गर्न पाएको छैन अब गर्नु पर्ला । तिजमा त धेरै मेकअप को नै समान किन्ने गरिन्छ । दर खाने कार्यक्रम धेरै हुन्छ अहिले पनि म गईरहेको छु दर खाने कार्यक्रम अलि चाडै नै सुरु भैसकेको छ । तिज रमाइलो गरि मनाउने गरिन्छ दिदि बहिनी साथी संगी संग आफ्नो कुराहरु सेयर गर्न पनि तिजले महत्वपुर्ण भूमिका खेल्छ । तिजमा धेरै गहना लगाउनु पर्ने झकि झाकाऊ हुने यो हुनु हुदैन् । सकारात्मक सोचका साथ नारीले तिज मनाउनु पर्छ ।
- तिजमा अलि ब्यस्त नै छु, लागिराखेको छ । तीजमा बर्त बस्छु र साउन सोमबार पनि बर्त बस्ने गरेको छु । बर्त बस्नु भनेको एउटा भगवान पर्ति आस्था हो । मैले आफ्नो कल्चरलाई फलो गर्दै बर्त बसेको हु । पानी र फलफुल खाएर बर्त बर्स्छु । तिजमा धेरै दर्शकहरुसंग रमाई रहन्छु । अहिले चाही म यहि तिजको लागि भनेर नै कुबेत जादै छु । त्यस्तो कुनै तिजको लागि भनेर नै सपिंङ गरेको छैन । अहिले प्रोग्रामहरुमा नै ब्यस्त छु, पछी आइसके पछि घर मै आफन्त संग दर खाने कार्यक्रम त्यो त हुन्छ नै । तिजमा पहिले देखि नै दर खाने त्यो ठिक होइन किन कि सक्नेहरुले त गर्नु हुन्छ बिचार नसक्ने हरुले कसरि गर्नु । विभिन्न दुख कस्ट भुली रमाउने भनेको नै यहि तिज हो दिदि बहिनी सबै इस्ट मित्र भेट भएर आफ्नी दुखेसो पोख्ने समय नै यहि हो ।
- त्यस्तो स्पेसल चाही केहि भएको छैन मुभीमा नै ब्यस्त भए । आज बाट मेरो मुभी सकियको छ, अब सोच्छु , अहिले सम्म तिज लागेको छैन । सम्भबत त्यो दिन पनि सुतिंङ पर्छ कि जस्तो छ । बर्त सायद न बस्न सक्छु साउन सोमबार पनि बर्त बसिन । ,मेहेदी चाही मैले लागेको थिए । बर्त बस्न सुतिंङ पर्यो भने पोसिबल नै हुदैन । अघिल्लो दिनमा म ममा घर जान्छु होला स - परिवार त्यहि गेट-टु-गेदर हुने भएकोले अरु खासै स्पेसल छैन । मेरो लागि ममीले अलरेडी कुर्ता पठाई दिनु भएको छ । अरु समान चाहियमा किन्ने छु । समय मिले सम्म दर खाने प्रोग्राममा गइराखेको छु । तिजमा नाच्ने त्यस्तो कुनै प्रोग्राम छैन । बिभिन्न मिडियाको प्रोग्राम बाट इन्भाइट आहिरहेको छ । अहिले जुन धेरै अगाडी देखिनै तिज मनाउने प्रचलन आएको छ यसलाई म पोजेटिभ वयमा नै लिन चाहन्छु हाम्रो परम्परालाई जोगार्इ राख्छ जस्तो लाग्छ मलाई । नया जेनिरेसनले सम्झनाका लागि पनि यो एउटा माध्यम बनेको छ ।
- रमाइलो भैरहेको छ । नजिकिदै छ तिज महिलाहरुको महान चाड घरमा राम्रो संग पिर्पियर भैराखेको छ कसरि मनाउने तिज भनेर । म भोकै बस्न नसक्ने भएको कारणले गर्दा बर्त म बस्दिन, तर म यसपाली बर्त बस्छु होला सायद । कुमारी केटिले राम्रो पति पाऊ भनि बर्त बस्छन अनि बिबाहित महिलाले आफ्नी पतिको दिर्घायुको लागि बसेको हुन्छ । बिशेष गरि आफ्नो फेमिली संग अनि अरु ठाउँमा पनि इन्भाइट् गर्नु भएको छ, सो तेता तिर गएर पनि तिज मनाऊछु । मलाई तिजमा एकदम नाच्न मन लाग्छ सबै जना भेला हुने भएकोले रमाइलो लाग्छ नाच्न । सपिंङहरु गर्ने बाकी छ, वीकज मेरो भरकर फिल्म सकियो सो अब सपिंग गर्छु । ग्रीन कलरको कुर्ता लगाउने विचारमा छु म यसपाली । कपडा आफुलाई सुहाउदो हुनु पर्यो मैले महँगो भन्दा पनि आफुलाई सुट हुनेमा धयान दिन्छु । मिडियाबाट इन्भीटेसन् आएको छ सो त्यो प्रोग्राम जान्छु । पहिला तपाइको धार्मिक स्थलहरुमा बसेर तिज मनाईँन्थाे भने अहिले पार्टी प्यालेसहरुमा धेरै कार्यक्रम गरेर गीत सिंगर बोलाएर सेलिब्रिटी बोलाएर भैरेखेको छ । त्यसैले अहिले यस चाडलाई बिशेष महत्व दिएको छ जस्तो लाग्छ । तिजमा अरुको देखा सिकी गर्नुहुदैन् ।
- म सुतिंङमा अलि ब्यस्त भएकोले अलि छोएको चाही छैन । तर टिभी हेर्दै नाच्न, गाऊन पाए हुने हो जस्त्तो लागीरहेको छ । तर सुतिंङले गर्दा बिजी भएको छु । पहिले देखिनै म बर्त बस्दै आइरहेकी छु र यो पाली पनि म बर्त बस्छु । सोमबार पनि बर्त बस्ने गरेको छु । यसपाली घरमा टिका लगाउनु हुदैन, त्यसैले घर तिर तिजमा त म जादिन दशैँमा जानेछु । मेरो साथीहरु संगै तीजमा नाचेर रमाइलो गर्ने छु । सपिंङको लागि त मेरो बिहे भएको छैन सायद भएको भए तिजमा साडी लगाउने थिए तर सपिंङ त गर्छु होला हल्का । तिज मलाई सबै भन्दा मन पर्ने चाड मध्ये पर्छ । हुनत हामी नारीहरु को स्पेसल चाड हो । विवाहित महिलाले आफ्नो पतिको लामो आयु होस् भनेर बर्त बस्नु हुन्छ, अब हामी चाही राम्रो पति पाऊ भनेर अथवा आफ्नो लागि पनि बसिन्छ बर्त । अस्ति दिदीहरुले दर खान बोलाउनु भयो र अब हामी साथीहरु बसेर दर खाने प्रोग्राम हुन्छ । म अलि बिजी भएको भएर अरु पार्टीमा म जान पाएको छैन । जुन दर खाने भन्दै दिन-दिनै गरिन्छ यो एकदमै बिकृति हो । म त त्यहि एक दिनलाई मात्र मान्ने गर्छु र अर्को कुरा हुने हरु ले त ठिकै छ तर नहुने हरुलाई गाह्यो छ । त्यसैले यस पर्बलाई मर्नु पनि दिनु हुदैन र मार्नु पनि हुदैन । हामीले मान्नु पर्छ हाम्रो चाड हो तर बिकृति तिर लानु हुदैन ।
तीज आउन मात्र केहि दिन बाँकी रहेको छ र तिजको रमझम पनि शुरु भईसकेको छ । गाँउ होस वा शहर चारै तिर तीजका गीतहरु घन्किएका छन । त्यसो त शहरका बिभिन्न स्थानहरुमा अहिले दर खाने कार्यक्रमको चहलपहल पनि भईसकेको छ । हिन्दु नारीहरुको महान चाडका रुपमा लिइने तिजलाई नायिकाहरुले भब्य रुपमा मनाउने बताइरहेका छन । धेरै जसो नायिकाहरुले तिजमा नाचगान गर्ने र बर्त बस्ने बताएका छन । तिजमा विवाहिता नारीहरु माइतीमा गएर तीज मनाउने प्रचलन रही आएको छ । वास्तवमा भन्ने हो भने तीज आफैंमा एक सुन्दर पर्व हो । नारीहरुले नाचगान गर्दै र्हषोल्लासका साथ दिनभरि भोकै बसी श्रीमानको दिर्घायुको कामना गर्नु नै विशेष यस तीज र्पवको सन्देश मानिन्छ । सेलिब्रेटीहरुले आ-आफ्नै तरिकाले तीज मनाउन लागिरहेको यसपालीको तीज मनाउने तरिका फिल्मी अपडेटले सोधेको थियो । जस अन्तर्गत तिज बिशेष यस्तो छ :-निशा अधिकारी (नायिका )
- अहिले पधमिनी भन्ने फिल्मको सुटीङमा ब्यस्त छु । त्यसैले अस्ति भर्खर हाम्रो दिपा श्री निरौलाले सम्मान कार्यक्रम गर्नु भएको थियो त्यहाँ गए, त्यो दिन चाही एकदमै तीजमय भएको थियो । मैले वर्षको एक पटक बर्त बस्छु कि त तिजमा कि शिव रात्री को दिनमा । हाम्रो हजुर-आमाले पनि हाम्रो कुल देवता शिब जी हो भनेर, र त्यो कुरा ममीले पनि मान्नुहुन्छ र मैले पनि त्यसलार्इ सास्कृतिक रुपले पनि निरन्तरता दिनका लागि तिज अथवा शिब रात्री एक दिन बर्त बस्छु । मेरो घर यहि काठमाडौँ भएकोले गर्दा यहि गेस्टहरुसंग तिज रामइलो गर्छु । दिदि बहिनी नाचेको देखेर मलाई रमाइलो लाग्छ किन कि उहाँहरु कसरि नाच्नु हुन्छ दिनभरी नाच्दै गाउदै म सक्दिन । हल्का नाच्नेछु, सपिग त अब मैले पुरा वर्ष नै केहि न केहि कार्यक्रमको लागि सामान्य कपडा त किनिरहेको हुन्छु । तिजको लागि कुर्ता बनाउन दिएको छु । विभिन्न मिडिया र रिलेटीभले दर खाने प्रोग्राम राख्नु हुन्छ सहभागी हुन्छु । तिजको बिकृति खासै केहि छैन दिदि बहिनि आफ्नो पिर,मर्का भुली रमाइलो गरि मनाउने भएको हुनाले यो नारीको लागि खास पर्ब हो । बिनिता बराल (नायिका )
- हिन्दु नारीको महान चाड हो तिज नेपाली चेलीबेटीमा पक्कै पनि त्यसको प्रभाब त पर्छ नै । म पनि तिजको रमझममा रमाई रहेकि छु । पार्बतीले शिबलाई पाउन बर्त बस्नु भएको थियो रे, त्यसैले हामीले पनि शिब पति पाउन बर्त बस्नु पर्यो नि । शुक्रबार घरमा जान्छु, किन भने बाल दिवस पनि पर्दै छ त्यो दिनमा । म बृर्दा आश्रम , बच्चाहरु संग तिज मनाउदै छु र फेमिले त छदै छ । विभिन्न तिज बिशेष प्रोग्राममा पुगेको छु । म रमाइलो गरेर तिज मनाउने छु । सपिंङ मैले अहिले सम्म गर्न पाएको छैन अब गर्नु पर्ला । तिजमा त धेरै मेकअप को नै समान किन्ने गरिन्छ । दर खाने कार्यक्रम धेरै हुन्छ अहिले पनि म गईरहेको छु दर खाने कार्यक्रम अलि चाडै नै सुरु भैसकेको छ । तिज रमाइलो गरि मनाउने गरिन्छ दिदि बहिनी साथी संगी संग आफ्नो कुराहरु सेयर गर्न पनि तिजले महत्वपुर्ण भूमिका खेल्छ । तिजमा धेरै गहना लगाउनु पर्ने झकि झाकाऊ हुने यो हुनु हुदैन् । सकारात्मक सोचका साथ नारीले तिज मनाउनु पर्छ ।नन्दिता के.शी ( नायिका)
- तिजमा अलि ब्यस्त नै छु, लागिराखेको छ । तीजमा बर्त बस्छु र साउन सोमबार पनि बर्त बस्ने गरेको छु । बर्त बस्नु भनेको एउटा भगवान पर्ति आस्था हो । मैले आफ्नो कल्चरलाई फलो गर्दै बर्त बसेको हु । पानी र फलफुल खाएर बर्त बर्स्छु । तिजमा धेरै दर्शकहरुसंग रमाई रहन्छु । अहिले चाही म यहि तिजको लागि भनेर नै कुबेत जादै छु । त्यस्तो कुनै तिजको लागि भनेर नै सपिंङ गरेको छैन । अहिले प्रोग्रामहरुमा नै ब्यस्त छु, पछी आइसके पछि घर मै आफन्त संग दर खाने कार्यक्रम त्यो त हुन्छ नै । तिजमा पहिले देखि नै दर खाने त्यो ठिक होइन किन कि सक्नेहरुले त गर्नु हुन्छ बिचार नसक्ने हरुले कसरि गर्नु । विभिन्न दुख कस्ट भुली रमाउने भनेको नै यहि तिज हो दिदि बहिनी सबै इस्ट मित्र भेट भएर आफ्नी दुखेसो पोख्ने समय नै यहि हो । बेनिषा हमाल ( नायिका)
अनु शाह (नायिका )
- रमाइलो भैरहेको छ । नजिकिदै छ तिज महिलाहरुको महान चाड घरमा राम्रो संग पिर्पियर भैराखेको छ कसरि मनाउने तिज भनेर । म भोकै बस्न नसक्ने भएको कारणले गर्दा बर्त म बस्दिन, तर म यसपाली बर्त बस्छु होला सायद । कुमारी केटिले राम्रो पति पाऊ भनि बर्त बस्छन अनि बिबाहित महिलाले आफ्नी पतिको दिर्घायुको लागि बसेको हुन्छ । बिशेष गरि आफ्नो फेमिली संग अनि अरु ठाउँमा पनि इन्भाइट् गर्नु भएको छ, सो तेता तिर गएर पनि तिज मनाऊछु । मलाई तिजमा एकदम नाच्न मन लाग्छ सबै जना भेला हुने भएकोले रमाइलो लाग्छ नाच्न । सपिंङहरु गर्ने बाकी छ, वीकज मेरो भरकर फिल्म सकियो सो अब सपिंग गर्छु । ग्रीन कलरको कुर्ता लगाउने विचारमा छु म यसपाली । कपडा आफुलाई सुहाउदो हुनु पर्यो मैले महँगो भन्दा पनि आफुलाई सुट हुनेमा धयान दिन्छु । मिडियाबाट इन्भीटेसन् आएको छ सो त्यो प्रोग्राम जान्छु । पहिला तपाइको धार्मिक स्थलहरुमा बसेर तिज मनाईँन्थाे भने अहिले पार्टी प्यालेसहरुमा धेरै कार्यक्रम गरेर गीत सिंगर बोलाएर सेलिब्रिटी बोलाएर भैरेखेको छ । त्यसैले अहिले यस चाडलाई बिशेष महत्व दिएको छ जस्तो लाग्छ । तिजमा अरुको देखा सिकी गर्नुहुदैन् । जिया के.शी (नायिका )
- म सुतिंङमा अलि ब्यस्त भएकोले अलि छोएको चाही छैन । तर टिभी हेर्दै नाच्न, गाऊन पाए हुने हो जस्त्तो लागीरहेको छ । तर सुतिंङले गर्दा बिजी भएको छु । पहिले देखिनै म बर्त बस्दै आइरहेकी छु र यो पाली पनि म बर्त बस्छु । सोमबार पनि बर्त बस्ने गरेको छु । यसपाली घरमा टिका लगाउनु हुदैन, त्यसैले घर तिर तिजमा त म जादिन दशैँमा जानेछु । मेरो साथीहरु संगै तीजमा नाचेर रमाइलो गर्ने छु । सपिंङको लागि त मेरो बिहे भएको छैन सायद भएको भए तिजमा साडी लगाउने थिए तर सपिंङ त गर्छु होला हल्का । तिज मलाई सबै भन्दा मन पर्ने चाड मध्ये पर्छ । हुनत हामी नारीहरु को स्पेसल चाड हो । विवाहित महिलाले आफ्नो पतिको लामो आयु होस् भनेर बर्त बस्नु हुन्छ, अब हामी चाही राम्रो पति पाऊ भनेर अथवा आफ्नो लागि पनि बसिन्छ बर्त । अस्ति दिदीहरुले दर खान बोलाउनु भयो र अब हामी साथीहरु बसेर दर खाने प्रोग्राम हुन्छ । म अलि बिजी भएको भएर अरु पार्टीमा म जान पाएको छैन । जुन दर खाने भन्दै दिन-दिनै गरिन्छ यो एकदमै बिकृति हो । म त त्यहि एक दिनलाई मात्र मान्ने गर्छु र अर्को कुरा हुने हरु ले त ठिकै छ तर नहुने हरुलाई गाह्यो छ । त्यसैले यस पर्बलाई मर्नु पनि दिनु हुदैन र मार्नु पनि हुदैन । हामीले मान्नु पर्छ हाम्रो चाड हो तर बिकृति तिर लानु हुदैन ।( "सेलिब्रेटीहरुसंग को तिज बिशेष" धौलागिरी कै नं :१ फिल्मी प्रोग्राम रेडियो म्याग्दी बाट सनिबार ११:१५ मा प्रसारण हुने सिनेमा डायरी अन्तरगत को प्रोग्राम MOVIes buzzz ( मुभिज बज ) मा सुन्न सक्नु हुन्छ । )
0 comments:
Post a Comment