123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:27 PM
0
२०६९-०५-२१
प्रणप सुबेदी 

पाँच दर्जन भन्दा बढी म्युजिक भिडीयोहरुमा मोडलीङ्ग गरिसकेकी र चपली हाइट सिनेमा बाट हाईटमा पुगेकी नायिका बिनीता बरालले आफुलाई एडल्ट नायिकाको सँज्ञा दिएकी छिन्। बिनिता अभिनित चलचित्रहरु चपली हाइटु र भर्खरै रिलिज भएको फुल स्टप लाई चलचित्र सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएपछि उनले आफुलाई एडल्ट नायिका सँज्ञा दिएकी हुन् । कुनै सुन्दर पुरुषले सेक्सको प्रस्ताब राखेमा जुत्ता खान्छू भन्ने नायिका बिनिता ले कुनै मेगा प्रोजेक्ट बाट अफर आयो भने उक्त प्रोजेक्ट मा आफु वन पिस पनि लगाएर अभिनय गर्न तयार रहेको बताएकी छिन् ।


यसै बीच नेपाली चलचित्रहरु मोहनी, नेपाली बाबु, गोठालो, लगायत थुप्रै चर्चित नेपाली चलचित्रहरुको पटकथा सम्बाद लेखिसकेका ब्रजेश खनालको पहिलो चलचित्र ुएक तिन सात सुन्यु मा नायिका बिनिता बराल अनुबन्धित भएकी छिन्। अफ ट्रयाकमा बन्न लागेको उनको यो चलचित्र अहिले चलिरहेको ब्यबसायिक नेपाली सिनेमाको ट्रेन्ड भन्दा निक्कै फरक धारमा आफ्नो चलचित्र बन्ने भएको जानकारी प्राप्त भएको छ । चलचित्र फुल स्टप भन्दा अगाडी नै यो सिनेमा को लागि बिनिता बराललाई अनुबन्ध गरिएको थियो। विनिताले यो सिनेमामा आफ्नो अभिनाये डरलाग्दो क्यारेक्टरको रुपमा रहेको बतायिन। यस चलचित्रमा पारश्रमिक निक्कै राम्रो पाएको सुनाउदै उनले भनिन मैले सोचेको भन्दा पनि धेरै राम्रो पारश्रमिक पाएको छु । यति नै रकम पाएको छु भनेर नभने पनि आफ्नो पारश्रमिक दुइ लाख भएको सार्बजनीक गर्ने विनिताले यो सिनेमा मा दुइ देखि तोन लाख सम्म पाएको अनुमान लगाउन सकिन्छ । बिनिता को यो तेश्रो नेपाली चलचित्र हुने छ। 



Join Our Facebook !!!



0 comments: